
-जितेन्द्र भण्डारी/ईमेज
पाँचथर । दुई दशक लामो पत्रकारिता चटक्कै माया मारेर बाख्रा पालनमा लागेका सुरेन्द्र सुवेदी अहिले पाँचथर जिल्लामै उत्कृष्ट बाख्रा पालकको रुपमा गनिन्छन् ।
आफ्नै गाउँमा फर्किएर व्यवसायक बाख्रा पालन गरेर आयआर्जन गर्न सकिन्छ भन्ने सबैको उदाहरण उनी बनेका छन् । ग¥यो भने असम्भव केहि छैन भन्ने कुरा उनको कर्मबाट पनि देखिन्छ ।
सधै समाचार लेख्न हतारो हुने सुवेदीलाई अहिले आफैले पालेका बाख्रालाई घाँस हाल्नकै चटारो छ ।
सधै समाचारको स्रोत खोज्ने र पुष्टि गर्न ताउरमाउर गर्ने उनको दैनिकी बदलिएर अहिले बाख्रा र खसीलाई घाँस काट्ने, हाल्ने, खोले पकाउने र खुवाउन मै बित्छ ।
पत्रकारितालाई चट्क्कै छाडेर बाख्रा र्फाम खेलेका उनको र्फाममा अहिले खसीबोका किन्नको लागि ग्राहको भीडभाड नै हुने गरेको छ ।
एकैचोटी २२ वटा बयर जातका बाख्रा र पाठा किनेर बाख्रापालन गर्न थालेका उनको बाख्रा फार्ममा अहिले एक सयबढी बाख्रा, खसी, पाठापाठी छन् भने उनले बाख्रासंगै गाई पालन व्यवसाय पनि थपेका छन् ।
उनले पालेका खसीहरुको अहिले काठमाडौको बजारसम्म पुग्ने गरेका छन् । यो संगै उनले अग्र्यानिक घाँस रोपेर आफ्नै बारीमा घाँसको उत्पादनसमेत थालेका छन् ।
खसीलाई खुवाउने कँुडो, दाना र घाँस काट्न प्रयोग गरीने मेशिनका ेलागि उन्लाई बिभिन्न निकायले सहयोग गरेका छन् ।
सुबेदीले समृद्धिको यात्रा कृषि र पशुपालनबाट मात्रै सम्भव हुने भन्दै खेर गएको जमिनमा कृषि र पशुपालन गर्न युवाहरुलाई सुझाएका छन् ।
शहर बजारमा बसेर अग्र्यानिक खानेकुरा खान नपाईने भएको र अग्र्यानिक खेतीमा प्रर्वद्धन गर्न पनि कृषि पेशा आवश्यक भएको उनको भनाई छ ।
काठमाडौको २२ वर्षे बसाई र पत्रकारिता छाडेपछि उनी आफ्नै गाउँ फर्कीएर यस्तो ब्यवसायमा लागेका हुन् ।
सुवेदीले वृद्धवृद्धा अवस्थामा पुगेका बुवा आमालाई स्याहार सुसार गर्दै कृषि र पशुपालन पेशा अंगालेर घरको काम सघाउन थालेपछि बुवाआमा समेत दंग छन् ।
उनको बाख्रा फार्म जिल्लामै अहिले बाख्रापालन र कृषि अनुंसन्धानको लागि केन्द्र बन्ने देखिन्छ ।सदरमुकाम नजिकै र सडकले जोडिएको ठाउँ भएकाले पनि उनको फार्म पुग्न त्यति असहज छैन् ।
कृषि र पशुपालन क्षेत्रमा बेरोजगार युवालाई आकर्षित गराउँदै आफू पनि यस पेशामा लागिरहने उनको सोच छ ।
ब्यवसायिक रुपमा कृषि र पशुपालन क्षेत्रमा उन्ले गरेको योगदानलाई प्रोत्साहित गर्दे भेटेनरी अस्पताल पाँचथरले अनुदानसमेत दिएको छ ।
त्यसैले पनि कृषकले गरेको मेहनतलाई सरकारले पनि होस्टेमा हैसे गरीदिए पक्कै पनि नेपालमा कृषि र पशुपालनतर्फ युवा आकर्षित हुन सक्ने थिए ।
प्रतिक्रिया दिनुहोस्