
बर्दिया, भदौ ५ । बर्दियाको गेरुवा नदीमा डुबेर शुक्रबार एकजना बेपत्ता भएका छन् ।
गेरुवा गाउँपालिका–४, गोविन्दपुरका ३५ वर्षीय अन्तराम थारु नदीमा डुबेर बेपत्ता भएका हुन् ।
भेलले बगाएर ल्याएको दाउरा छोप्न नदीमा गएका बेला गद्दीटोलनजिकैको घाटबाट बेपत्ता भएको इलाका प्रहरी कार्यालय पाताभारले जनाएको छ ।
बेपत्ता चौधरीको स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्