
कैलाली, भदौ ५ । कैलालीमा निषेधाज्ञा सुरु भएपछि अस्थायी सदरमुकाम धनगढीलगायतका बजारहरु सुनसान भएका छन ।
निषेधाज्ञाका कारण कैलालीमा बजार, कलकारखाना, उद्योगधन्दा तथा सवारी-साधन बन्द भएका छन् ।
‘लकडाउन’को उल्लंघन बढेपछि कोरोनाभाइरसको संक्रमण रोकथामका लागि निषेधाज्ञा नै जारी भएको प्रशासनले जनाएको छ ।
शुक्रबार (आज)बाट सुरु भएको निषेधाज्ञा १४ गतेसम्म जिल्लाभरि नै जारी रहने प्रशासनले जनाएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले लकडाउन उल्लंघन गर्नेलाई ५०० जरिवाना र एक महिना कैद गरिने बताउनुभएको छ ।
कोरोना संक्रमण फैलिन थालेपछि संक्रमण फैलिएका जिल्लामा सरकारले निषेधाज्ञा घोषणा गरेको हो । बजारका ठाउँ ठाउँमा ट्राफिक र नेपाल प्रहरीले कडाइ गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्