१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना महामारी नियन्त्रणमा केन्द्र सरकारले सहयोग नगरेको गुनासो


0
Shares

प्रकाश मैनाली र रोमन आचार्य (इमेज)

सर्लाही, काठमाडौं, भदौ ५ । कोरोना महामारी नियन्त्रणमा तीन तहका सरकारबीच तालमेल नमिलेको जनगुनासो बढिरहँदा स्थानीय जनप्रतिनिधिले केन्द्रले समन्वय गर्न चुकेको आरोप लगाएका छन् ।

संघीय सरकारले उपेक्षा गर्दा कोरोना संक्रमण नियन्त्रणबाहिर गएर जनताले ज्यान गुमाउनुपरेको जनप्रतिनिधिहरुको गुनासो छ ।

चन्द्रनगर गाउँपालिका सर्लाहीका प्रमुख महेन्द्र महतोको गुनासोले कोरोना नियन्त्रणमा भिडिरहेका देशभरका जनप्रतिनिधिहरुको प्रतिनिधित्व गर्छ ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रदेश नम्बर-१ का अध्यक्ष ताराबहादुर काफ्ले पनि केन्द्र र प्रदेश सरकारले प्रचार गरेजस्तो स्थानीय सरकारसँग समन्वय र साधन-स्रोत उपलब्ध नगराएको दाबी गर्नुहुन्छ ।

केन्द्र सरकार भने कोरोना संकट नियन्त्रणका लागि तीन तहको सकारले करिब १२ अर्ब खर्च भइसकेको तथ्यांक प्रस्तुत गरिरहेको छ ।

यस्तै, प्रधानमन्त्री कार्यालयको माताहतमा रहेको कोरोना रोकथाम नियन्त्रण तथा उद्धार कोषबाट करिब डेढ अर्ब खर्च भइसकेको तथ्यांक उसँग छ ।

देशभर १६ हजारको हाराहारीमा ‘आइसोलेसन बेड’ तयार भएपनि त्यो पर्याप्त छैन । संक्रमितको संख्या दिन-प्रतिदिन बढ्दै जाँदा देशभर हजारओटा ‘आइसीयू बेड’ निर्माण गर्न नसक्दा भेन्टिलेटरको संख्या पनि ५०० पुग्न सकेको छैन ।

नेपाल नगरपालिका संघ प्रदेश नम्बर-२ का उपाध्यक्ष अभयकुमार सिंह तहगत सरकारसँग समन्वयको अभाव हुँदा जनताले मृत्युवरण गर्नबाहेक अन्य उपाय नभएको दुःखेसो पोख्नुहुन्छ ।

संघीय राज्यप्रणालीमा केन्द्र सरकारको दायित्व तहगत सरकारसँग समन्वय गर्ने हो । जनसेवा गर्ने स्थानीय सरकारलाई साधन-स्रोत उपलब्ध गराएर जनसेवा गराउने हो ।

तर, विधानविपरीत रक्षमन्त्रीको नेतृत्वमा कोभिड नियन्त्रण समिति बनाएर कोभिड नियन्त्रणमा अर्बौं खर्च गरेको हिसाब देखाइरहेको छ ।

अधिकार केन्द्रमै सञ्चित गरेर पार्टीभित्र कुर्सीको झगडामा केन्द्र सरकार रुमलिरहँदा स्थानीय सरकार भने साधन-स्रोत मागिरहेका छन् ।

भिडियो हेर्नुहोस्