१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विष दिइएको आशंका गरिएका नाभाल्नीलाई उपचार गर्न जर्मनी पठाउन रुस तयार


0
Shares

काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई उपचारको लागि जर्मनी पठाउन रुस तयार भएको छ ।

साईबेरियास्थित एक अस्पतालमा कोमामा रहेका नाभाल्नीको उपचार गरिरहेका रुसी चिकित्सकहरु उनलाई बर्लीन बठाउन तयार भएका हुन् ।

यसअघि तिनै चिकित्सकहरुले अनुमति नदिंदा हिजो नाभाल्नीलाई जर्मनी लैजाने प्रयास असफल भएको थियो ।

बिहिवार साईबेरियाको ओम्स्क शहरबाट मस्को आउनेक्रममा वेहोस भएका नाभाल्नीको स्वास्थ्य अवस्था गम्भिर छ ।

उनलाई विष दिइएको आशंका गरिएको छ । तर रुसी अनुसन्धानकर्ता र चिकित्सकहरुले नाभाल्नीको शरिरमा कुनै विषालु पदार्थ प्रमाणित नभएको बताईरहेका छन् ।

नाभाल्नीको परिवार भने रुसी सरकारको दावी मान्न तयार छैन । राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक नाभाल्नीलाई पुटिनले नैं आक्रमण गराएको उनीहरुको आरोप छ ।

जर्मनी लैजाँदा नाभाल्नीको शरिरमा विषको अवशेष प्रमाणित हुनसक्ने भएकोले समयमै रुस छाड्न नदिइएको उनीहरुको आरोप छ ।

नाभाल्नीलाई यसअघि मस्कोको एक कारागारमा रहेकमो बेला पनि विष दिईएको थियो ।

नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको र सत्ताले आफ्नो अपराध ढाकछोप गर्न चाहेको आरोप लगाउँदै आएका छन् ।

४४ वर्षका भ्रष्टाचार विरोधी अभियन्ता नाभाल्नी साईबेरियामा हुन लागेको स्थानिय चुनावअघि समर्थकहरुलाई सम्बोन गर्न त्यहाँ पुगेका थिए ।(एजेन्सी)