
काठमाडौं । स्पेनिस फुटबल क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि ६ पटक जित्ने किर्तीमान बनाएको छ ।
गएराती जर्मनीको कोलोनमा भएको फाईनल खेलमा इटालीको इन्टर मिलानलाई ३–२ ले हराउँदै सेभियाले यो किर्तीमान बनाएको हो ।
खेलमा सेभियालाई विजयी गराउन लुक डे योङले दुई गोल गरे । इन्टर मिलानका लुकाकुले एक आत्माघाति गोल गरेका थिए ।
पराजित टोली इन्टरका लागि लुकाकु र डिएगो गोडिनले एक एक गोल गरे ।
खेलमा गोल गरेका लुकाकलेु युरोपा लिगमा लगातार ११ खेलमा गोल गर्ने किर्तीमान समेत बनाएका छन् ।
सन् २००६ मा पहिलो पटक तत्कालिन युएफा कप जितेको सेभियाले त्यसयता ६ पटक यो उपाधि उचालेको हो ।
युरोपियन क्लब फुटबलमा च्याम्पियन्स लिग पछि युरोपा लिग सर्वाधिक महत्वको प्रतियोगिताको हो ।
यो सिजनको च्याम्पियन्स लिगको उपाधिका लागि आईतवार राती पोर्चुगलमा हुने फाईनल खेलमा जर्मनीको बायर्न म्युनिख र फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्