१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


वीरगन्जमा थप दुई जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ४१ पुग्यो


0
Shares

वीरगन्ज । कोरोना संक्रमणबाट वीरगन्जमा थप २ को मृत्यु भएको छ । बीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत दुई पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

पर्साको बहुदरमाई नगरपालिका बहुअरीका एक पुरुषको आज विहानै मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई उपचारकालागि विहीबार मात्र अस्पताल भर्ना गरीएको थियो ।

यसैगरी, कोरोनाकै कारण वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्ता बस्ने ५८ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

मधुमेहका पुराना रोगी मृतकमा किड्नीको पनि समस्या रहेको कार्यालयले जनाएको छ ।

मृतक पुरुषको कुनै ट्राभल हिस्ट्री नरहेको जिल्ला प्रशासनले जानकारी दिएको छ ।

यो समेत नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो दिउसो गरेको प्रेस ब्रिफिङमा १ सय ३७ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।

त्यसपछि पर्सामा ३ र धनुषामा १ जनाको मृत्यु भएको छ ।