
काठमाडौं । प्रत्येक वर्षको भाद्र शुक्ल चतुर्थीका दिन मनाईने गणेश चतुर्थी पर्व आज(शनिबार) मनाइँदै छ ।
सत्ययुगमा आजको दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।
यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादीलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिएको थियो ।
तर यस वर्ष काठमाडौँ उपत्यकालगायत देशका अधिकांश ठाउँमा कोरोना भाइरसको संक्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण भक्तजनले पूजा आराधना गर्न सक्ने अवस्था छैन ।
यसैले घरमै गणेशको पूजा आराधना गरिदैछ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ ।
आज हरितालिकाको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यता, जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चौठचन्द्र पर्व आज मनाइँदै छ ।
शिवेषगरी चन्द्रमाको पूजा आराधना गरिने यो पर्वलाई सामान्य बोलीचालीको भाषमा चौरचन पर्व भनिन्छ ।
भदौं शुक्ल चतुर्थीको दिन फलफुल लिएर चन्द्रमाको पूजा गर्दा विभिन्न प्रकारका कलंकबाट मुक्ति पाइने विश्वास रहेको छ ।
मिथिलाञ्चलमा यस पर्वको प्रारम्भ तत्कालिन नरेश हेमांगद ठाकुरले गरेका थिए ।
उनी नरेशका अतिरिक्त प्रख्यात ज्योतिष समेत थिए ।
चौठचन्द्र पर्व नेपालको धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत भारतका केही राज्यहरुमा समेत मनाईन्छ ।

प्रतिक्रिया दिनुहोस्