
झापा । पूर्बी नाका काँकरभिट्टा भएर हुने अदुवा निकासीमा गिरावट आएको छ ।
झापा सहित पूर्वी नेपालका विभिन्न जिल्लामा उत्पादित अदुवा भारत तथा वंगलादेश निकासी हुँदै आएपनि यो बर्ष अदुवाको निकासीमा गिरावट आएको हो ।
काँकरभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयले आर्थिक वर्ष २०७६/०७७ मा १३ करोड ३० लाख रुपैयाँ वरावरको अदुवा निकासी भएको जानकारी दिएको छ ।
इलाम, पाँचथर ताप्लेजुङ, संखुवासभा, भोजपुर, तेह्थुम र धनकुटाका कृषकले उत्पादन गरेको ५ हजार २ सय १४ मेट्रिक टन अदुवा भारत तथा वंगलादेश निकासी भएको छ ।
पूर्वी नाका काँकरभिट्टा हुँदै आर्थिक वर्ष २०७५/०७६ मा नेपालले २२ करोड २८ लाख बराबरको अदुवा निकासी गरेको थियो ।
आर्थिक वर्ष २०७४/०७५ मा भने ५६ करोड ८६ लाख बराबरको अदुवा भारत र बंगलादेश निकासी भएको थियो ।
नेपालबाट भारत तथा बंगलादेश निर्यात हुँदै आएको अदुवा निकासी बर्षैपिच्छे घट्दो रुपमा रहेको छ ।
नेपालमा उत्पादन हुने अदुवा मध्ये ८० प्रतिशत अदुवा भारतीय बजारमा खपत हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्