
कैलाली, भदौ ६ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ ।
बाह्य ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा संक्रमण पुष्टि हुन थालेपछि धनगढी उपमहानगरपालिकाले पनि समुदायमा संक्रमण फैलिँदै गएको जनाएको छ ।
यहाँ शुक्रबार ३० जनामा संक्रमण पुष्टि भएकोमा तीनजनाको बाह्य ट्राभल हिस्ट्री नै नभेटिएको उपमहानगरले जनाएको छ ।
धनगढी उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले समुदायमा कोरोना देखिन लागेको बताउनुभयो ।
निषेधाज्ञा जारी भएपछि परीक्षण बढाएर समुदायमा संक्रमणको अवस्था यकिन गर्नुपर्ने उहाँको भनाइ थियो ।
धनगढीमा कार्यरत् प्रहरी, व्यापारी, निर्माण सेवामा कार्यरत् कर्मचारी, बैंकका कर्मचारी, स्वास्थ्यकर्मीलगायतमा पनि कोरोना पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्