१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नवलपरासीमा निषेधाज्ञा थप


0
Shares

नवलपरासी, भदौ ६ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले भदौ १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।

कोरोना संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञाको समय थपिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनुभयो ।

यसअघि, साउन ३१ देखि भदौ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

निषेधाज्ञा अवधिभर भेला, गोष्ठी, सेमिनार, सामूहिक जमघट गर्न र अनावश्यकरुपमा हिँड्डुल नगर्न प्रशासनले निर्देशन दिएको छ ।

जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाहरुले अतिआवश्यक भएका व्यक्तिहरुलाई सेवा दिनका लागि कुनै एक कर्मचारीलाई सम्पर्क व्यक्ति तोकेर काम गर्नसक्ने व्यवस्था मिलाएको छ ।