२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


नेपालमा कोरोनाबाट थप नौजनाको मृत्यु, संक्रमितको संख्या ३१ हजार नाघ्यो


0
Shares

काठमाडौं, भदौ ६ । नेपालमा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा सुनसरी, पर्सा, बारा, सिरहा, मकवानपुर र भक्तपुरमा गरी नौजनाको मृत्यु भएको जानकारी दिनुभयो ।

मृत्यु हुनेमा पर्साका तीन, सुनसरीका दुई, बारा, सिरहा, मकवानपुर र भक्तपुरका एक/एकजना रहेका छन् ।

योसँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

थप ६३४ जनामा कोरोना
प्रवक्ता गौतमले पछिल्लो २४ घन्टामा १२ हजार १९ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा देशभर ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

योसँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।

मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामामात्रै २१६ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १६०, भक्तपुरमा ५० र ललितपुरमा छजना संक्रमित थपिएका हुन् ।

प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा देशभरका विभिन्न अस्पतालबाट १३६ जना ‘डिस्चार्ज’ भएको जानकारी दिनुभयो । योसहित कोरोना निको हुनेको संख्या १८ हजार ३५० पुगेको छ ।

मन्त्रालयकाअनुसार हाल देशभर ‘क्वारेन्टिन’मा रहनेको संख्या ११ हजार ६५८ रहेको छ । ‘आइसोलेसन’मा १२ हजार ६२१ जना रहेका छन् ।

भिडियो हेर्नोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.06

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.06#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Saturday, August 22, 2020