१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आइसोलेसन सेन्टर तोडफोडको आरोपमा क्याम्पसप्रमुख पक्राउ


0
Shares

संखुवासभा, भदौ ६ । संखुवासभाको खाँदबारीस्थित हिमालय किरण क्याम्पसमा कोरोना संक्रमितलाई राख्न बनाइएको आइसोलेसन सेन्टरमा स्वास्थ्य सामग्री चोरीका साथै तोडफोडको आरोपमा क्याम्पसका प्रमुख पक्राउ परेका छन् ।

क्याम्पसप्रमुख डा. मातृकाप्रसाद तिम्सिनालाई अनुसन्धानका लागि शनिबार नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

क्याम्पसप्रमुखमाथि आपराधिक उपद्रव मुद्दामा छानबिन र अनुसन्धान भइरहेको र घटनामा संलग्न अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

क्याम्पसमा पाँच महिनाअगाडि १० बेडको आइसोलेसन वार्ड तयार गरिएको थियो ।

अहिले तीनजना कोरोना संक्रमित बिरामी ल्याउँदै गर्दा आइसोलेसनमा रहेका बेड तोडफोड र स्वास्थ्य सामग्रीसहित करिब १५ लाख बराबरको चोरी भएको हो ।