
काठमाडौं । चालु आर्थिक वर्षमा करिब साढे चार अर्ब बराबरको आईपीओ पाइपलाइनमा छ ।
विभिन्न क्षेत्रका १६ कम्पनीले चार अर्ब ४५ करोड ५५ लाख २८ हजार ७२० रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
बोर्डमा आवेदन दिएका १६ कम्पनीमध्ये ९ वटा जलविद्युत् कम्पनी, १ मर्चेन्ट बैंक, २ बिमा कम्पनी र ४ वटा अन्य कम्पनी छन् ।
बोर्डले सार्वजनिक निष्कासनका लागि प्राप्त भएका आवेदनहरूको अध्ययन गरिरहेको र केही कम्पनीको आवश्यक कागजात पूरा नभएकाले थप विवरण माग गरिएको जनाएको छ ।
उपत्यकामा जारी निषेधाज्ञामा पनि बोर्डले काम गरिरहेको र आवश्यक प्रक्रिया पूरा गरेका कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिने प्रक्रिया नरोकिने बोर्डले जनाएको छ
प्रतिक्रिया दिनुहोस्