४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


धरानमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका एक कोरोना संक्रमितको मृत्यु


0
Shares

सुनसरी । सुनसरीको धरानमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा प्लाज्मा थेरापी गरिएका ६८ बर्षिय पुरुषको निधन भएको हो ।

धरान उपमहानगरपालिका– ८ का उन्को गएराति मृत्यु भएको बीपी प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डाक्टर संजिवकुमार शर्माले जानकारी दिनुभयो ।

हिजो दोस्रो पटक पुनः प्लाज्मा थेरामीको तयारी गर्दै गर्दा उनको मृत्युृ भएको हो । धरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।