
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भेटवार्ता हुँदैछ ।
पार्टी महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले विवाद समाधानको खाका बुझाएपछि दुई अध्यक्षबिच छलफल हुन लागेको हो ।
वालुवाटारमा हुने छलफलमा सरकार र पार्टी संचालनको विषयमा साझा सहमति जुटाउने प्रयास हुनेछ ।
पौडेल संयोजकत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि विभिन्न सुझाव दिइएको छ ।
ओलीले तत्काल दुबै पद छाड्न नपर्नेगरी प्रतिवदेन आएपछि आन्तरिक विवाद मत्थर भएको संकेत मिलेको छ ।
कार्यदलले नेपाल–भारत सीमा समस्या समाधान, एमसीसी परियोजना लगायतका महत्वपूर्ण समस्या समाधानको लागि स्थायी कमिटीबाट विशेष प्रस्ताव पारित गर्न सुझाव दिएको छ ।
अध्यक्षद्वयको छलफलमा सहमति जुटेपछि नेकपाले सचिवालय बैठक बोलाउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्