
काठमाडौं । कोरोना भारइसविरुद्धका विश्वमा बनिरहेको खोपको नेपालमा पनि परीक्षण गरिने भएको छ ।
खोप परीक्षणका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रकृया सुरु गरेको छ ।
परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट स्वीकृति लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिनुभयो ।
चीन, रुस र बेलायतको अक्सफोर्ड भ्याक्सिन समुहले तयार पारेका खोपहरु नेपालमा पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्ने प्रक्रिया अघि बढिरहेको छ ।
ज्ञवालीले चीनको ‘होङ्सी समुह’ पनि नेपालमा भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न इच्छुक रहेको जानकारी गराउनुभयो ।
विश्वका अन्य कम्पनीहरु पनि क्लिनिकल ट्रायलका लागि नेपाल आउनसक्ने भन्दै त्यसका लागि आवश्यक मापदण्ड हेरेर अनुमति प्रदान गर्ने परिषद्को तयारी छ ।
सम्बन्धित दूतावासमार्फत चीन र रूससँग पनि खोपका लागि कुरा भइरहेको ज्ञवालीले जनाउनुभयो ।
परिक्षणको लागि स्वयंसेवा गर्न सहभागिहरु तयार भएपछि मात्रै विश्वब्यापी मापदण्ड अनुसार बाँकी प्रक्रिया अगाडि बढ्ने सदस्यसचिव ज्ञवालीको भनाई छ ।
रूसले कोरोनाविरुद्धको खोप चाँडै नै बजारमा आउने दाबी गरेको छ । भारतले पनि कोरोनाविरुद्धको खोपको परिक्षण गरिरहेको छ ।
यीबाहेक अन्य शक्ति राष्ट्रहरूसमेत कोरोनाविरुद्धको खोप बनाउन दिनरात लागिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्