१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘छ लाखभन्दा बढी घरहरु पुनःनिर्माणको अन्तिम चरणमा’


0
Shares

काठमाडौं, भदौ ८ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोमबारदेखि ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ सुरु गरेको छ ।

प्राधिकरणले विगत पाँच वर्षदेखि गरेका कामको अनुभवहरु आदान-प्रदान गर्न ‘भर्चुअल’ माध्यमबाट राष्ट्रिय परिसंवाद कार्यक्रम आयोजना गरेको हो ।

तीन दिनसम्म चल्ने कार्यक्रममा २०७२ सालको भूकम्पपछिको पाँच वर्षमा पुनःनिर्माण र पुनःस्थापना कार्यबाट प्राप्त गरेका अनुभव र सिकाइहरु आदान-प्रदान हुनेछ ।

कार्यक्रमको शुभारम्भ गर्दैै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा पुनःनिर्माणका अधिकांश कामहरु सम्पन्न गरेको बताउनुभयो ।

सात लाख ९० हजारभन्दा बढी निजी घरहरुको पुनःनिर्माणका लागि अनुदान सम्झौता सम्पन्न भएकोमा हालसम्म ७६ प्रतिशत अर्थात छ लाखभन्दा बढी घरहरु पुनःनिर्माणको अन्तिम चरणमा पुगेको बताउनुभयो ।

उहाँले ८८ प्रतिशत घरहरुको दोस्रो चरणको काम सम्पन्न भएको र ९० प्रतिशत घरधनीले निर्माणका लागि सम्झौता गरिसकेको बताउनुभयो ।

उहाँले पुनःनिर्माण र पुनःस्थापनाका क्रममा प्राप्त भएका सफलता, उपलब्धि एवं कमी कमजोरीहरुबारे परिसंवादमा समीक्षा हुने र साझा धारणा निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाइ र अनुभवहरु अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । त्यसको तयारीका लागि भर्चुअल माध्यमबाट परिसंवाद कार्यक्रम आयोजना गरेको प्राधिकरणले बताएको छ ।