२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


निषेधाज्ञाको पाँचौं दिन पनि सुनसान


0
Shares

काठमाडौं, भदौ ८ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले काठमाडौं उपत्यकामा जारी गरेको निषेधाज्ञाको सोमबार पाँचौं दिन पुगेको छ ।

काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएपछि भदौ ४ गतेदेखि एक हप्ताका लागि जारी गरिएको निषेधाज्ञाको सोमबार पाँचौं दिन पुगेको हो ।

आजपनि उपत्यकाका मुख्य सडकसँगै सहायक र भित्रि सडक सुनसान देखिएको छ । अत्यावश्यक सेवाबाहेकका सवारी-साधनहरुको आवागमन देखिएको छैन ।

सडकका मुख्य-मुख्य चोकमा सुरक्षाकर्मी बसेर चेकजाँचलाई कडाइ पारेका छन् ।

सडकमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, खाद्यन्न ढुवानी, सञ्चार, बैंक, विद्युत्, खानेपानीलगायत अत्यावश्यक सेवाका सवारी-साधनहरु सञ्चालनमा आएको देखिन्छ ।

भित्रि सडकमा पनि सवारी-साधनको आवागमन देखिएको छैन भने केही अत्यावश्यक खाद्यान्नका पसल र औषधि पसलहरु खुलेको देखिन्छ । मानिसहरु आफ्नो घरनजिकको पसलसम्म पुगेर किनेमल गरेको देख्न सकिन्छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि निषेधाज्ञा जारी गरेका हुन् ।