
काठमाडौं, भदौ ८ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण रुपन्देहीमा मात्र चारजनाको मृत्यु भएको छ ।
रुपन्देहीमा तीन पुरुष र एक महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मोरङ, सुनसरी र पर्साका एक/एकजना पुरुष र काठमाडौंकी एक महिला गरी आठजनाको मृत्यु भएको हो ।
रुपन्देहीमा ३८, ५३ र ५४ वर्षीय पुरुष र ६७ वर्षीया महिलाको मृत्यु भएको हो ।
यस्तै, सुनसरीमा ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्सामा ७० वर्षीया महिला र काठमाडौंकी ४८ वर्षीया महिलाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १५७ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्