
सर्लाही, भदौ ८ । सर्लाहीमा धानबालीमा ग्वारो किराको प्रकोप देखिएको छ ।
खेतमा प्रयोग गरिएको रासायनिक मलको मात्रा नमिल्दा किराको प्रकोप देखिएको हो ।
धान रोप्ने बेलामा पानी परेपनि पछि मौसमले साथ नदिँदा किराको प्रकोप बढेको कृषि ज्ञान केन्द्र सर्लाहीका निमित्त कार्यालय प्रमुख देवेन्द्र रायले जानकारी दिनुभएको छ ।
जिल्लामा रोपिएको धानमध्ये करिब १० प्रतिशत क्षेत्रफलमा किराको प्रकोप देखिएको छ ।
सर्लाहीमा झन्डै ४६ हजार हेक्टर जमिनमा बर्खे धान रोपाइँ हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्