
बिराज रोस्यारा (इमेज)
कैलाली, भदौ ८ । सुदूरपश्चिम प्रदेशका थप ११४ कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार ११४ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले यहाँ पछिल्लो २४ घन्टामा ४६९ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिनुभयो । जसमध्ये ५७ जनामा संक्रमण देखिएको उहाँले बताउनुभयो ।
थपिएका संक्रमितमा कैलालीका २९, अछामका १८, डोटीका छ, कञ्चनपुर र बझाङका दुई/दुईजना छन् ।
उता, डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यहाँ पछिल्लो २४ घन्टामा एक हजार १०६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालकाअनुसार कैलालीका ४७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, कञ्चनपुरका नौजना र बैतडीमा नेपाली सेनामा कार्यरत् एकजनामा संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ५१० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्