१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘नेपालमा परीक्षणको रुपमा कोरोनाविरुद्धको खोप प्रयोग गरिने’


0
Shares

काठमाडौं, भदौ ८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा परीक्षणको रुपमा कोरोनाविरुद्धको खोप प्रयोग गर्न लागेको जनाएको छ ।

हाल रेडमेसिभिर र कन्ब्यालेसिभ प्लाज्मा पनि ‘ट्रायल’ गरिएको गरिएकाले ‘भ्याक्सिन’ पनि नेपालमा ट्रायलको रुपमा प्रयोग गरिन लागेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिका तथा विश्वव्यापीरुपमा अनुसन्धानमा संलग्नलेमात्रै यसमा संलग्न हुन पाउने भएकोले यस सम्बन्धमा कुनैपनि भ्रम नपाल्न उहाँले आग्रह गर्नुभयो ।

चीन, रुस र बेलायतको अक्सफोर्ड भ्याक्सिन समूहले तयार पारेका खोपहरु नेपालमा पनि तेस्रो चरणको ‘क्लिनिकल ट्रायल’ गर्ने प्रक्रिया अघि बढिरहेको छ ।

चीनको होङ्सी समूह पनि नेपालमा भ्याक्सिनको क्लिनिकल ट्रायल गर्न इच्छुक रहेको छ ।

विश्वका अन्य कम्पनीहरु पनि क्लिनिकल ट्रायलका लागि नेपाल आउनसक्ने भन्दै त्यसका लागि आवश्यक मापदण्ड हेरेर अनुमति प्रदान गर्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तयारी छ ।

सम्बन्धित दूतावासमार्फत् चीन र रूससँग पनि खोपका लागि छलफल भइरहेको छ ।

परीक्षणको लागि स्वयंसेवा गर्न सहभागीहरु तयार भएपछिमात्रै विश्वव्यापी मापदण्डअनुसार बाँकी प्रक्रिया अगाडि बढ्नेछ ।

रूसले कोरोनाविरुद्धको खोप चाँडै नै बजारमा आउने दाबी गरेको छ । भारतले पनि कोरोनाविरुद्धको खोपको परीक्षण गरिरहेको जनाएको छ ।

यीबाहेक अन्य शक्ति राष्ट्रहरूसमेत कोरोनाविरुद्धको खोप बनाउन दिन-रात लागिरहेका छन् ।

लक्षण भएका बिरामीलाईमात्रै भर्ना गर्न अस्पतालहरुलाई निर्देशन
मन्त्रालयले पछिल्लो समय गम्भीर अवस्थाका र लक्षण भएकाले अस्पतालमा ठाउँ नपाएकोले कोरोनाको लक्षण भएका बिरामीलाईमात्रै भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ ।

लक्षण नभएका बिरामीलाई ‘आइसोलेसन’मा राख्ने मन्त्रालयले जनाएको छ । लक्षण नभएका बिरामीलाई आइसोलेसनका लागि ‘क्वारेन्टिन’मा पठाउन मन्त्रालयले अस्पताललाई आग्रह हो ।