
काठमाडौं, भदौ ८ । तहगत सरकारहरुकाबीच समन्वयको अभावमा कोरोना महामारी नियन्त्रणमा जटिलता पैदा भएको विज्ञहरुले बताएका छन् ।
सरकारी तथ्यांकअनुसार साउन मसान्तसम्म संकट व्यवस्थापनमा १३ अर्ब ३६ करोड रुपैयाँ रकम खर्च भएपनि संक्रमण घट्नुको सट्टा जटिल हुँदै जानुमा सरकारी संयन्त्रमा समन्वय नहुनुको परिणाम भएको उनीहरुको तर्क छ ।
संविधानले स्वास्थ्य सेवा र सरुवारोग नियन्त्रणको जिम्मेवारी केन्द्र सरकारलाई, स्वास्थ्य सेवाको जिम्मा प्रदेश सरकारलाई र आधारभूत स्वास्थ्यको अधिकार स्थानीय सरकालाई दिएपनि महामारी नियन्त्रण हुन नसकेको चिन्ता विज्ञहरुमा छ ।
संघीयताविद् डा. रुद्र शर्माले संघीय राज्य संरचनामा तहगत सरकारको लापरबाहीले जटिलता सिर्जना गरेको बताउनुभयो ।
कोरोना संकट नियन्त्रणका लागि प्रदेशहरूबाट झन्डै डेढ अर्ब खर्च भइसकेको सरकारको तथ्यांकले देखाउँछ । यस्तै, स्थानीय तहबाट छ अर्ब दुई करोड रुपैयाँ खर्च भएको छ ।
सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति व्यवस्थापन र क्वारेन्टिन व्यवस्थापनमा खर्च भएको सरकारले दाबी गरिरहँदा जनता भने संघीय राज्य प्रणालीमा तहगत सरकारको खोजी गरिरहेको डा. शर्मा बताउनुहुन्छ ।
स्थानीय र प्रदेश सरकारले केन्द्र सरकारबाट उचित सहयोग नपाउँदा महामारी नियन्त्रण गर्न कठिन भइरहेको बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्