१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नियमित लागु औषध सेवन गर्ने युवाको कोरोनाका कारण मृत्यु


13
Shares

सुनसरी । कोरोना संक्रमणका कारण थप एकको मृत्यु भएको छ ।

सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिराहाको गोविन्दपुरका २२ बर्षिय युवकको हिजो मृत्यु भएको प्रतिष्ठानका प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिनुभएको हो ।

भदौ २ गते अस्पताल भर्ना भएका नियमित लागु औषध सेवन समेत गर्ने ती युवाको श्वासप्रश्वासमा गम्भीर समस्या आएपछी निधन भएको जनाइएको छ ।

मृतक मुटुको दिर्घरोगी भएको समेत प्रवक्ता सापकोटाले बताउनु भएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ५८ पुगेको छ ।