१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


निषेधाज्ञाका बारेमा निर्णय गर्न काठमाडौंमा सिडियोहरुको संयुक्त बैठक


0
Shares

kathmandu valley lockdown corona

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एक साताको लागि लगाइएको निषेधाज्ञा भोली रातिबाट सकिँदैछ ।

निशेधाज्ञाको बिषयमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडियो)को संयुक्त बैठक आज बस्दै छ ।

पहिलो बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ भने दोश्रो बैठक ३ बजे बस्ने तय भएको जनाइएको छ ।

सरकारले कोभिड संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिएपछि ३ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले काठमाडौं उपत्यकाभित्र पहिलो चरणको निषेधाज्ञा जारी गरेका थिए ।

आज बस्ने बैठकले एक साताको निषेधाज्ञाको समीक्षा गर्दै यस सम्बन्धी थप निर्णय गर्नेछ ।