१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संचारकर्मीसहित गण्डकी प्रदेशमा १७ जनामा कोरोना पुष्टि


0
Shares

पोखरा । पोखरामा एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज यहाँ जारी तथ्याङ्कमा चार कोरोना सङ्क्रमित मध्ये एक सञ्चारकर्मी समेत परेको उल्लेख छ ।

स्थानीय रेडियो र पत्रिकामा रिपोर्टिङ गर्ने ३४ वर्षीय ती पुरुष सञ्चारकर्मीमा सङ्क्रमणको लक्षण नभएको तर कन्ट्रयाक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा पोजिटिभ देखिएको जनाइएको छ ।

कोरोनाको जोखिम बढ्दै गएपछि पोखरा– २८ घरभएका सञ्चारकर्मीले आफू कार्यरत एफएममै आवासीय रुपमै रहेर काम गर्दै आउनु भएको थियो ।

पोखरा –२७ को एक बैंकमा कार्यरत सुरक्षाकर्मीलाई सङ्क्रमण पुष्टि भएपछि ती सञ्चारकर्मी कन्ट्रयाक्ट ट्रेसिङमा पर्नुभएको थियो ।

उक्त बैंक भएको भवनमा उहाँ कार्यरत एफएम रहेको छ । उहाँको स्वाब शनिबार पोखरा –२७ को वडा कार्यालयमा सङकलन गरिएको थियो ।

सङ्क्रमण पुष्टि भएपछि उहाँलाई आइसोलेशनमा लैजाने तयारी गरिएको छ ।

उहाँसँग परिवारका व्यक्ति पनि सम्पर्कमा आएकाले कन्ट्रयाक्ट ट्रेसिङको प्रक्रिया अघि बढाइएको छ ।

प्रदेश निर्देशनालयको मंगलबार सार्वजनिक पछिल्लो जानकारी अनुसार पोखरामा मात्रै ११ र गण्डकीमा १७ कोरोना सङक्रमित थपिएका छन् ।