
काठमाडौं । कोभिड-१९ को संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु भएको
काठमाडौं वडा नम्बर २१ का ती संक्रमित पुरुषको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो ।
११ दिनअघि सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएका उनी आइतबार मात्रै अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
उनको उपचारका क्रममा गएराति मृत्यु भएको हो । काँग्रेस काठमाडौं–२ नम्बरका क्षेत्रीय सभापति उपेन्द्र कार्कीका अनुसार मृतक गोविन्द रञ्जित हुन ।
उनी नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नं.२१ कार्यसमिति सभापति हुन् ।
प्रतिक्रिया दिनुहोस्