३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


भारतमा पाँच तले भवन भत्कियो, एक जनाको मृत्यु, ६० को जिउँदै उद्धार


0
Shares

काठमाडौं । भारत महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पाँच तले भवन भत्कंदा एकजनाको मृत्यु भएको छ ।

सो भवनको भग्नावशेषमा ६० जनालाई जिउँदै उद्धार गरिएको छ भने अझै पनि ३० भन्दा बढी मानिसहरु फसिरहेको अनुमान गरिएको छ ।

दक्षिण मुम्बइबाट १ सय ८० किलोमिटर टाढा रहेको महाड शहरको सो भवन एक दशक पुरानो रहेको र सो भवनको संरचना नै जीर्ण भएको अनुमान गरिएको छ ।

सो भवनमा ४७ वटा छुट्टाछुट्टै फ्ल्याट रहेको बुझिएको छ । भवन हल्लिन थालेपछि सो भवनका केही बासिन्दा बाहिर निस्कंदा भागदौड मच्चिएकाले थुप्रै घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान थालिएको अधिकारीहरुले जनाएका छन् ।एजेन्सी