
तस्वीरः फेसबुक ।
बैतडी, भदौ ९ । बैतडीमा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना संक्रमण समुदायस्तरमा फैलन नदिन एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो ।
मंगलबारदेखि भदौ १४ गतेसम्म निषेधाज्ञा जारी रहने जनाइएको छ ।
संक्रमण बढ्दै गएको र गौरापर्व पनि सुरु भएकाले भिडभाड हुन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्