२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना


0
Shares

काठमाडौं, भदौ ९ । विश्वका कीर्तिमानी धावक उसेन बोल्टलाई कोरोना संक्रमण भएको छ ।

आफ्नो ३४औं जन्मदिनको अवसरमा ‘मास्क फ्री पार्टी’ आयोजना गरेका जमैकन धावक बोल्टमा पार्टी गरेको चार दिनपछि संक्रमण पुष्टि भएको हो ।

उनी अहिले घरमै ‘सेल्फ क्वारेन्टिन’मा बसिरहेका छन् ।

विश्व कीर्तिमानी धावक बोल्टले सन् २०१७ मा दौडबाट संन्यास लिएका थिए ।

बोल्ट लगातार तीन ओलम्पिकमा १०० र २०० मिटर दौडमा स्वर्णपदक जित्ने एक्ला धावक हुन् । उनले सन् २००८, २०१२ र २०१६ को ओलम्पिकमा स्वर्ण जितेका थिए ।

उनको पार्टीमा आमन्त्रण गरिएकाहरुलाई मास्क अनिवार्य गरिएको थिएन भने बोल्ट स्वयंले पार्टी अवधिभर मास्कको प्रयोग गरेका थिएनन् ।

बोल्टले ओलम्पिकमा आठओटा स्वर्णपदक जितेका छन् । (एजेन्सी)