
प्रतीकात्मक तस्वीर । Getty Images ।
टिस्टुङ, भदौ ९ । दुर्लभ र विषालु मानिने राजगोमन (किङ कोब्रा) प्रजातिको सर्प उत्तरी मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा भेटिएको छ ।
गत साउन ७ गते राति चित्लाङका बुद्ध बलामीले आफ्नै घरभित्र अनौठो सर्प देखेपछि वडाध्यक्ष पर्शुराम श्रेष्ठलाई फोन गर्नुभएको थियो ।
बलामीले स्थानीय क्षेत्रमा पाइने सर्प छोपेर बसिरहेका अवस्थामा राजगोमनलाई देख्नुभएको थियो ।
भक्तपुरबाट सर्प उद्धार समूहका सदस्य बोलाइ सोमबार राजगोमनको उद्धार गरिएको थियो । राजगोमन नौ फिट १० इन्च लामो र चार किलो तौलको छ ।
उद्धारपछि समूहका सदस्यले स्थानीयबासीलाई राजगोमनकाबारेमा जानकारी गराएका थिए ।
उद्धार गरिएको राजगोमनलाई चित्लाङस्थित चन्द्रागिरि जंगलमा लगेर सुरक्षित तवरले छाडिएकोे वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया दिनुहोस्