
तस्वीरः फेसबुक ।
काठमाडौं, भदौ ९ । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ ।
भदौ दोस्रो साताका लागि तोकिएको साधारणसभा कोरोनाभाइरसको महामारीको कारण देखाउँदै अनिश्चित समयका लागि स्थगित गरिएको मंगलबार क्यानले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले जारी गरेको विज्ञप्तिमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारणसभा स्थगित भएको उल्लेख छ ।
गत साउन पहिलो साता बसेको क्यान कार्यसम्पादन समितिको बैठकले भदौ दोस्रो हप्ताभित्रै साधारणसभा गर्ने निर्णय गरेको थियो ।
स्थगित साधारणसभा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को समन्वय र सहज वातावरणपछि मिति तय गर्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्