२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सुदूरपश्चिममा थपिए १२९ जना कोरोना संक्रमित


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, भदौ ९ । सुदूरपश्चिम प्रदेशमा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा मंगलबार १२९ जनामा संक्रमण पुष्टि भएको हो ।

तीनओटै प्रयोगशालामा गरी डोटीका ४६, अछामका ३५, कैलालीका ३०, कञ्चनपुर र बझाङका आठ/आठ र डडेल्धुराका दुईजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६३९ पुगेको छ ।

संक्रमण पुष्टि भएका चार हजार ४०० जनाले कोरोनालाई जितेका बताइएको छ । कोरोनाबाट १२ जनाको मृत्यु भइसकेको छ ।