१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अफगानिस्तानमा नायिका तथा निर्देशक सबामाथि गोली प्रहार


0
Shares

काठमाडौं । अफगानिस्तानमा चलचित्र नायिका तथा निर्देशकमाथि गोली प्रहार भएको छ ।

अफगानिस्तानको काबुलमा ४४ वर्षीया पहिलो महिला निर्देशक सबा शहरमाथि गोली प्रहार भएको हो ।

गोली लागेर घाइते अवस्थामा रहेकी सबालाई अस्पताल भर्ना गरिएको छ ।

कामको सिलसिलामा कारमा सवार उनीमाथि तीन जना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन् ।

उनी सवार कारमा दुइजना सुरक्षागार्ड, एक बालक र कार चालक रहेको अवस्थामा गोली प्रहार गरिएको हो ।

बन्दुकधारीमाथि सुरक्षागार्डले जवाफी कारबाही गरेपनि उनीहरु भाग्न सफल भएका छन् । (एजेन्सी)