
फाइल तस्वीर ।
काठमाडौं । केही दिन यता सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार तेजाबी मूल्य तोलामा ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्