२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


उदयपुरमा कोरोना संक्रमण ‘नियन्त्रणमा आउँदै’


0
Shares

उदयपुर, भदौ १० । उदयपुरमा कोरोना संक्रमण विस्तारै नियन्त्रणमा आउन थालेको छ ।

पछिल्लोपटक संकलित २८९ जनाको स्वाब ‘पीसीआर’ परीक्षण गर्दा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएकोले क्रमिकरुपमा संक्रमण नियन्त्रणमा आउँदै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

यहाँ मालपोत कार्यालयमा एकैपटक सातजनामा पीसीआर रिपोर्ट ‘पोजिटिभ’ देखिएपछि साउन २९ गतेदेखि भदौ ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।

यस अवधिमा समेत चारजनामा पीसीआर रिपोर्ट पोजिटिभ आएपछि भदौ १२ गतेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो ।

उहाँले निषेधाज्ञा अवधिभर ‘कन्ट्याक्ट ट्रेसिङ’का आधारमा परीक्षणको दायरा बढाइने बताउनुभयो ।

उदयपुरमा हाल ‘आइसोलेसन’मा सात महिलासहित २१ जना उपचाररत् सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

वैशाख ५ गतेपछि कोरोनाको ‘हटस्पट’को रुपमा रहेको उदयपुरमा ३१ महिलासहित १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।