७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


बारामा ‘फूड बैंक’


0
Shares

बारा, भदौ १० । बाराको सिमराका कोरोना संक्रमित, विपन्न तथा असहाय परिवारका लागि ‘फूड बैंक’ सञ्चालनमा ल्याइएको छ ।

पथलैयाचोकमा ‘हुनेले दिएर जाऊँ, नहुनेले लिएर जाऊँ’ भन्ने नारा लेखिएको ब्यानरसहित स्थानीय युवाहरुले स्थानीय तहको सहजीकरणमा फूड बैंक सिमरा सुरु गरेका हुन् ।

फूड बैंकमा अधिकांशले चामल, दाल, तेल सहयोग गरेका छन् । चाउचाउ पनि सहयोगस्वरुप जम्मा गरेका छन् । जम्मा भएका खाद्यवस्तु वडा जनप्रतिनिधिको रोहबरमा प्याकेजमा वितरण गरिने जनाइएको छ ।

‘लकडाउन’को समयमा दैनिक मजदुरी गर्न नपाएकाहरुका लागि फूड बैंकबाट ठूलो सहयोग पुग्ने संयोजक प्रकाश ढुंगानाको विश्वास छ ।