१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘साग’का बक्सिङ खेलाडीको कोरोना बिमा


0
Shares

काठमाडौं, भदौ १० । गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बिमा गरिएको छ ।

पूर्वबक्सर एवं नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले सागमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको कोरोना बिमा गरिदिएका हुन् ।

नेपाली बक्सिङको विकासमा लामो समयदेखि क्रियाशील श्रेष्ठले आफ्नै खर्चमा हरेक खेलाडी र प्रशिक्षकको जनही एक लाख रुपैयाँको कोरोना बिमा गरिदिएका हुन् ।

१३औं सागमा १० पुरुष र छ महिला गरी १६ खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले तीन स्वर्ण, छ रजत र छ कास्यपदक जितेको थियो ।

१३औं सागमा नेपालका मीनु गुरुङ, सनिल शाही र भूपेन्द्र थापाले स्वर्णपदक जितेका थिए ।

यसैगरी, ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रधान र आशिष दुवाडीले रजत तथा सुशील थापा, तेजबहादुर देउवा, पुरन राई, विकास लामा, अर्जुन सिगु र चन्द्रकला थापाले कास्यपदक जितेका थिए ।

१३औं सागमा दीपक श्रेष्ठमात्र पदक जित्न असफल भएका थिए ।

यसैगरी, मुख्य प्रशिक्षक प्रकाश थापामगर र प्रवीण तुलाधरको पनि पूर्वबक्सर श्रेष्ठले कोरोना बिमा गरिदिएका छन् ।