२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कोरोनाभाइरस र आँधीविरुद्ध तयार रहन उत्तर कोरियाली नेता किमको आह्वान


0
Shares

सोल, भदौ १० । उत्तर कोरियाका नेता किम जोङ अनले कोरोनाभाइरस र आँधीविरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गर्नुभएको छ ।

तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कमै सहभागी हुने नेता अनले देशमा कोरोनाभाइरसको संक्रमणले महामारीको रुप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा रहन अपिल गर्नुभएको हो ।

उहाँले बिहीबार देशमा आँधी आउने पूर्वानुमानसमेत गरिएको जानकारी पनि मंगलबार दिनुभएको थियो ।

सत्तारुढ दल वर्कर्स पार्टीको सो बैठकमा उहाँले अनपेक्षित चोट पुग्नसक्ने चिन्ता पनि व्यक्त गर्नुभएको थियो ।

दुवैका विरुद्धमा सरकारले पनि आफ्नोतर्फबाट तयारीहरु गरिरहेको उहाँले बताउनुभएको उत्तर कोरियाको आधिकारिक समाचार संस्थाले बुधबार समाचार सम्प्रेषण गरेको छ ।

उहाँले आँधीका कारण हुने क्षति न्यूनीकरणका लागि तत्काल पर्याप्त तयारी र प्रयासहरु गर्नपनि आग्रह गर्नुभएको छ ।

अत्यधिक वर्षा र बाढीका कारण ठूलो क्षति भएको एक हप्तामै उत्तर कोरियामा अर्को क्षति हुनेगरी आँधी आउन लागेको हो ।

दुवै घटनाले देशको अर्थतन्त्रमा धेरै नकारात्मक असर पर्ने पनि नेता किमले चिन्ता व्यक्त गर्नुभएको जनाइएको छ ।

कोरोना र आँधीसँग जुध्नका लागि सबै तह र क्षेत्रमा पार्टी र सरकारको तर्फबाट विभिन्न संयन्त्रहरु बनाउन पनि उहाँले निर्देशन दिनुभएको छ । रासस/एपी