२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चितवनमा थप २० जनामा कोरोना संक्रमण


0
Shares

चितवन । चितवनमा थप २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

चितवन मेडिकल कलेजमा रहेको कोभिड १९ परीक्षण ल्यावमा भएको परीक्षणका क्रममा भरतपुर महानगरपालिकाका १६ जना र रत्ननगर नगरपालिकाका ४ जनामा संक्रमण देखिएको माइक्रोबायोलोजिष्ट डा. नविनकुमार चौधरीले जानकारी दिनुभयो ।

त्यस्तै अन्य जिल्लामा नवलपुरका ३ जना, सर्लाहीका २ र तनहुँका १ जनामा संक्रमण पुष्टि भएको हो । चितवनमा निजी क्षेत्रबाट परीक्षण सुरु गरेको यो पहिलो मेडिकल कलेज रहेको छ ।