२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाका ६३ घर पहिरोको जोखिममा, स्थानीयले छाडे घर


0
Shares

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–६ मा गएको पहिरोले ६२ घर जोखिममा परेका छन् ।

निरन्तरको पहिरोले सुनकोसीका सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका घरहरू पहिरोको जोखिममा परेका हुन् ।

पहिरो निरन्तर झरिरहेकाले सुन्दरडाँडा बस्ती जोखिममा परेको वडाअध्यक्ष रामकुमार थापाले जानकारी दिनुभयो ।

वडाअध्यक्ष थापाका अनुसार सुन्दरडाँडाका २३, धुसेनीका ३२ र पाखरदोभानका ७ घर जोखिममा परेका छन् ।

बस्ती जोखिममा परेपछि स्थानीयबासीलाई सुरक्षित हुन वडा र गाउँपालिका कार्यालयले अनुरोध गरेको छ । अहिले तत्कालका लागि स्थानीयवासीलाई १५ थान त्रिपाल उपलब्ध गराइएको छ ।

गाउँका सबै घर छाडेर सुरक्षित मैदानमा गएर बसेका छन् । गाउँ नै पुरिने र बगाउने अवस्थामा रहेको बोहराले बताए ।

स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।