
ओखलढुंगा । पहिरोका कारण ओखलढुंगाको गोगुने गाउँको चैनपुरे टोल जोखिममा छ ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १२ स्थित गोगुने गाउँको चैनपुरे टोल जोखिममा परेको हो ।
लिपेखोला कटानका कारण २०४७ सालबाट सुरु भएको पहिरो दीर्घकालीन रुपमा नियन्त्रण नहुँदा यहाँका एक दर्जन घरधुरी विस्थापित हुने अवस्थामा पुगेका छन् ।
पहिरो नियन्त्रणका लागि प्रयास भए पनि बालुवामा पानी हाले सरह भएको स्थानीय बताउँछन् ।
सयौं रोपनी जग्गा बगाइसकेको पहिरोलाई दीर्घकालीन रुपमा नियन्त्रण गर्न स्थानीयले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्