
मनिष गुप्ता (इमेज)
कपिलवस्तु, भदौ ११ । कपिलवस्तुमा कोरोनाभाइरसको संक्रमण दिनहुँ बढ्दै गएको छ ।
बिहीबार कृष्णनगर नगरपालिका क्षेत्रमा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो ।
जसमध्धे ११ जना कृष्णनगर भन्सार कार्यालयका कर्मचारी रहेका छन् ।
त्यस्तै, दुईजना निजी स्वास्थ्य संस्थाका कर्मचारी, तीनजना ट्राफिक प्रहरी, एकजना सशस्त्र प्रहरी र एकजना व्यापारी रहेका छन् ।
भारतबाट नेपाल आयात हुने मालवाहक गाडीका कारण कृष्णनगर भन्सारका कर्मचारीमा कोरोना संक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्