१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


खेलाडी कुटपिट गर्नेलाई कारबाहीको माग


0
Shares

काठमाडौं, भदौ ११ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइरालाले एथ्लेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्नुभएको छ ।

उपाध्यक्ष कोइरालाले बिहीबार एक विज्ञप्ति जारी गर्दै चन्द्रकलामाथिको आक्रमण मानवताविरोधी कार्य भएको बताउनुभयो ।

पीडित खेलाडीलाई राखेपले आवश्यक सहयोग गर्ने उहाँले प्रतिबद्धतासमेत जनाउनुभयो ।

चन्द्रकलामाथिको कुटपिटको एथलेक्सि संघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघलेसमेत विरोध गरेका छन् ।

सोमबार राति झापाको मेचीनगर नगरपालिकाको चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउनेक्रममा चन्द्रकलालाई उहाँका छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले कुटपिट गरेका थिए ।

कुटाइबाट उहाँ सख्त घाइते हुनुभएको छ ।

गर्भवतीसमेत रहनुभएकी चन्द्रकलाको झापाको बिर्तामोडस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल पुलिस क्लबमा आवद्ध चन्द्रकला ‘लकडाउन’ सुरु हुनुअघि झापा जानुभएको थियो ।

एथ्लेटिक्स खेलाडी चन्द्रकलाले पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद र प्रदेश नम्बर-५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा सटपुट र ज्याभलिन थ्रोमा स्वर्णपदक जित्नुभएको थियो ।

उहाँको नाममा आठौं राष्ट्रिय खेलकुदमा एथ्लेटिक्सको सटपुटमा १२.०४ मिटर तथा ज्याभलिन थ्रोमा ४४.०४ मिटर थ्रो गरेको राष्ट्रिय कीर्तिमान छ । रासस