
काठमाडौं । अमेरिकामा समुद्री आँधीका कारण थप चार जनाको मृत्यु भएको छ ।
लौरा ब्यारेल नाम दिइएको आँधीका कारण ५ लाख मानिस विस्थापित भएका छन् ।
लुदियानाका अधिकांश घरहरु ध्वस्त भएका छन् । बिजुली आपूर्ति बन्द भएका कारण लाखौं जनता अँध्यारोमा बस्न बाध्य छन् ।
प्रतिघण्टा १ सय ५० किलोमिटरका दरले आएको आँधीले सयौं सवारीसाधन नष्ट भएका छन् । आँधीका कारण विभिन्न राज्यहरुमा आपतकाल घोषणा गरिएको छ ।
क्युबाबाट मेक्सिकोको खाडी क्षेत्रमा प्रवेश गरेको यो आँधी टेक्सस र लुदियानातर्फ प्रवेश गरेको हो ।
आँधीका कारण यसअघि नै २० जनाको मृत्यु भइसकेको छ । भारी वर्षा जारी रहेकाले आँधीले थप क्षति पुुर्याउन सक्ने मौसमविद्हरुले बताएका छन् ।
टेक्सस राज्यका ३ लाख ८५ हजार सर्वसाधारण सुरक्षित स्थानतर्फ सारिएको थियो ।
यो आँधी समुद्रबाट भू सतहको ६५ किलोमिटरसम्म फैलिएको बताइएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्