२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


कोरोनाका कारण वीपी प्रतिष्ठान धरानमा आज थप दुई पुरुषको मृत्यु


0
Shares

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाका ८३ वर्षीय वृद्ध र मोरङगका ५६ वर्षीय पुरुष रहेका छन् ।

मोरङको बेलबारी–५ का पुरुषको आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

उनलाई यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै आजै झापाको कमल गाउँपालिका–२ केर्खाका ८३ वर्षीय वृद्धको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कोरोना संक्रमणको पुष्टि भएपछि उनलाई एक साताअघि उपचारका लागि धरानस्थित वीपी प्रतिष्ठान लगिएको थियो ।

उनका परिवारका एक जना सदस्यमा पनि संक्रमण देखिएकाले मेची अस्पताल भद्रपुरको आइसोलेसन राखेर उपचार भइरहेको छ ।