१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भक्तपुरमा कोरोनाबाट एक महिलाको मृत्यु, अस्पतालको आकस्मिक र ओपिडी बन्द


0
Shares

भक्तपुर । कोरोना संक्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

आजै मृतक परिवारको कन्ट्याक ट्रेसिङ गरी स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताउनुभयो ।
कोरोनाका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपिडी दुई दिनका लागि बन्द गरिएको छ ।

बिरामीसँग सम्पर्कमा आएका अस्पतालका चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राख्ने र अस्पताललाई भाइरस निर्मलिकरण गरेर आइतबारदेखि मात्रै सञ्चालन गर्ने बताइएको छ ।

भक्तपुरमा यसअघि कोरोना संक्रमणबाट भक्तपुर स्थानीय दुईजनाको मृत्यु भइसकेको छ ।

भक्तपुरमा ३७५ जना संक्रमित छन् भने मध्यपुरथिमि नगरपालिकमा समुदायस्तर मै भाइरस फैलिएको पाइएको छ ।