१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा अर्का एक कोरोना संक्रमितको मृत्यु


0
Shares

चितवन, भदौ १२ । चितवनमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

पुष्पाञ्जली अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरको सहायतमा उपचाररत् पुरुषको मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका-२, क्षेत्रपुरका ५१ वर्षीय उनको शुक्रबार बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती पुरुष श्वासप्रश्वासमा समस्या भएको भन्दै यही भदौ ५ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

उनको भदौ ८ गते परीक्षण गर्दा कोरोना ‘पोजिटिभ’ देखिएको अस्पतालका कोभिड फोकल पर्सन एवं कल्सन्टेन्ट फिजिसियन डा. सन्दीप पाण्डेले जानकारी दिनुभयो ।

लामो समयदेखि दमको बिरामी उनको दुईओटै फोक्सोमा भाइरसले संक्रमण गरेको डा. पाण्डेले बताउनुभयो ।

योसँगै चितवनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ ।

शुक्रबारै यसअघि चितवन मेडिकल कलेजमा उपचाररत् मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ घर भएकी ७१ वर्षीया एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।