
प्रकाश मैनाली (इमेज)
सर्लाही, भदौ १२ । सर्लाहीको ईश्वरपुर नगरपालिका–६, क्याम्पसचोकमा बिरामी अवस्थामा भेटिएकी एकजना बेवारिसे महिलाले उपचार पाएकी छन् ।
ती महिला संक्रमण सार्ने माध्यम बन्नसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेको समाचार बिहीबार इमेजखबरमा प्रकाशन भएको थियो ।
त्यसपछि लालबन्दीका एकजना अटो व्यवसायीले उनको उपचारको जिम्मा लिएका हुन् ।
समाचार प्रकाशन भएपछि प्रहरीको सहयोगमा उनलाई अस्पताल लगिएको थियो ।
दाहिने खुट्टामा गहिरो चोट लागेकी जनकपुर घर बताउने अन्दाजी ४० वर्षीया ती महिला विगत एक हप्तादेखि स्थानीय क्याम्पसचोकमा बसिरहेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्